विकास र समृद्धि अगाडि बढाउन एमालेको सरकार आवश्यकः केपी ओली
सुनसरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ पछि एमालेले बहुमतको सरकार बनाउने वताउनुभएको छ ।
सुनसरीको दुहवीमा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई विकास र समृद्धितर्फ अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको वताउनुभयो । गठबन्धन सरकारले एक बर्षमै देशलाई कङ्गाल बनाउन लागेको अध्यक्ष ओलीको भनाई थियो ।
एमालेको सरकार बनेपछि लिम्पियाधुरा लिपुलेक, कालापानी सहितको हाम्रो भूभाग फिर्ता लिने प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले रोकिएका विकास निर्माणका कार्यलाई सुचारु गराएर देशलाई समृृद्ध बनाइने छ भन्नुभयो । अध्यक्ष ओलीले सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीले दुई पटक जितेर पनि हार्नुपरेको बताउनुभयो ।
प्रहरी प्रशासन, राज्यशक्तिको दुरुपयोग गरेर बाकस साटेर, धाँधली गरेर, चौधरीलाई जित्दा जित्दै हराएको उहाँको भनाई थियो ।
उहाँले राष्ट्रसेवक कर्मचारीलाई निष्पक्ष हुन आग्रह गर्नुका साथै पार्टीका कार्यकर्तालाई जनताले दिएको मतको सुरक्षा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–‘जनताले दिएको मतको सुरक्षा गर्न एमाले कार्यकर्ता गड्यौलो जस्तो बन्ने होइन यसो छुने बित्तिकै लुसुक्क पछि सर्ने, दुईवटा दाँत भएको कहिले काहीँ डस्ने खालको हुनुपर्यो ।’
एमाले केन्द्रीय सदस्य भगवती चौधरीले आफूले दुई पटक निर्वाचनमा जितेर पनि अनेक जालझेल र षडयन्त्र गरेर हराइएको बताउनुभयो । सुनसरी–३ का जनता परिवर्तन, विकास र समृृद्धिको पक्षमा रहेको हुनाले विकास र समृृद्धिको नेतृत्वका लागि एमालेलाई जिताउन यहाँका जनता मंसीर ४ को पर्खाइमा रहेको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #विकास र समृद्धि अगाडि बढाउन एमालेको सरकार आवश्यकः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्