काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस
काठमाडौं। आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं क्षेत्र नंबर ९ मा नेकपा एमालेवाट बौद्धिक व्यक्तित्व डा. अजयक्रान्ति शाक्यको नाम सिफारिस भएको छ।
सवै विधामा दक्ष अनि जनभावनालाई आत्मसात गर्दैअगाडि बढ्दै आएका लोकप्रिय तथा जनप्रिय राजनीतिक व्यक्तित्व काठमाडौं क्षेत्र नंबर ९ वाट नेकपा एमालेवाट सिफारिस भएको हो।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रको ९ (क) वाट प्रदेश सांसदमा भारी मतले निर्वाचित बनेर अत्यन्त लोकप्रियता तथा जनप्रियता कमाएर डेढ महिनाको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेर महिना दिनमा नै बर्ष दिनको योजनाका सहित कार्य गर्न सफल डा। शाक्यको यसै क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेवाट सिफारिस हुनुलाई यस क्षेत्रका मतदाताहरुले सही र योग्य व्यक्तित्वको सिफारिस भएको भनेर स्वागत गरेका छन्।
नेकपा एमाले नेतृत्व पंक्तीले सही बौद्धिक व्यक्तित्व अनि जनप्रिय नेता डा। शाक्यलाई सिफारिस मात्र नगरिकन फाइनल नै गर्नुपर्ने जनमत तयार भैसकेको छ। यसकारण पनि जनताको मनमा बस्न सफल जनताको चाहनाको नेता डा। शाक्यलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नंबर ९ वाट उम्मेदवार बनाएर भारी मतले जिताउन आवश्यक भएको जनलहर नै डा. शाक्यतिर देखिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्