सिट बाँड्न गठबन्धनमा अझै सकस,बिहीबारको बैठक निष्कर्षविहीन
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँड्न बसेको बिहीबारको बैठक निष्कर्षविहीन बनेको छ ।
दलका शीर्ष नेताहरुबीच भएको छलफलमा आआफ्नै अडान प्रस्तुत भएपछि सहमति हुन नसकेको हो । नेपाली कांग्रेसले ९० सिट नछाड्ने दाबी प्रस्तुत गरेको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेसलाई ८० सिटमा खुम्च्याउन चाहन्छन् ।
हिजोको बैठकमा दलहरुले गम्भीररुपमा छलफल गरेको भने पनि ठोस उपलब्धि भने हुन सकेन । सरकारका प्रवक्ता एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले निष्कर्ष निकाल्न अझै केही दिन लाग्ने बताए ।
उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै अब दुई धैर्य बन्न र त्यसपछि एउटा ठोस निष्कर्ष दिइने बताए । उनले भने, ‘सबैलाई सम्मानजनक, न्यायोचित ढंगले सिटको बाँडफाँट हुनेछ, अझै एक वा दुई पर्खिनुहोस् ।’
विशेषगरी सिट संख्यामै कुरा नमिलेको गठबन्धनका नेताहरु बताउँछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले छलफल गहन भएको तर संख्यामै सहमति हुन नसकेको बताए ।
गठबन्धन दलका नेताहरुले कांग्रेसले आफूहरुलाई पेलेको आरोप लगाउँदै आएका छन् । केही दिनअघिको भाषणमा नेकपा एसका अध्यक्ष माधव नेपालले अरुको भ¥याङमात्रै बनेर अघि बढ्न नसकिने बताएका थिए । भेदभाव गरिए गठबन्धनमा बस्नुको औचित्य नहुने उनको आशय थियो ।
त्यस्तै, माओवादी केन्द्रले पनि कांग्रेसलाई एकलौटी रुपमा धेरै सिट दिन नहुने भन्दै अन्य दलहरुसँग त्यही किसिमले मोर्चाबन्दी गरिरहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्