भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न नेकपा एमालेको निर्देशन
काठमाडौँ । नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो ।
उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएको छ ।
निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्नेछ ।
समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्नेछ भने जनसङ्गठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्