माओवादी केन्द्रद्वारा आगामी प्रदेश र संघको निर्वाचन लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी प्रदेश र संघको निर्वाचन लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका विभिन्न कमिटिलाई मजबुत बनाउन दौडाहामा छन् ।
प्रचण्डले आईतबार माओवादी केन्द्रको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीबीच बैठक तथा प्रशिक्षण दिँदै छन् ।
प्रचण्ड शनिबार मात्रै लुम्बिनी प्रदेशको रुपन्देही पुगेका थिए । रुपन्देहीको बुटवलमा उनले पार्टीको लुम्बिनी प्रदेश समिति बैठकमा सहभागी भएर प्रशिक्षण दिएका थिए ।
उनी शुक्रबार प्रदेश नम्बर–१ केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुलाई धरान पुगेर प्रशिक्षण दिएका हुन् ।
भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्