नेपालको अस्तित्व मेटाउन खोज्ने विदेशीको मतियार देशभित्रै छन् : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन्। शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान सकिए मुलुकको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गरेका हुन्।
उनले तत्कालको स्वास्थ पूरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए। पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने जिकिर गरे।
कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदाको पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरी गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राखे। काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसँग हातेमालो गर्दै अघि बढ्ने बताइन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्