बा हरुलाई स-सम्मान विदा गर्नुपर्छ :रबी लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । लामिछानेले पछाडी ‘बा’ भएकाहरुलाई स–सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडी ‘बा’ भएका बालेन शाह डोजर लिएर निस्किएको बताए ।
“म सबै ‘बा’ हरुलाई आज बा को मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहान्छु, पछाडी बा भएका तीन ‘बा’ केपी बा, देउवा, नानीका बा । पछाडी बा भएकाहरुलाई स–सम्मान बिदा गरौं, किनकी अगाडी ‘बा’ भएका डोजर लिएर निस्किसके ।”
शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले ‘बा’हरुलाई जनताले आगामी निर्वाचनबाट बिदा दिनुपर्ने पर्ने धारणा राखे । लामिछानेले नेपालका दलहरुको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथतीको मेन स्वीच बन्द गर्ने उद्धेश्यले आफू राजनीतिमा आएको उल्लेख गरे ।
आउने चुनावमा घण्टी चिन्हका उम्मेद्वारहरुलाई पनि एजेण्डाहरुबारे प्रश्न गर्न नागरिकहरुलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रबी लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्