सिन्धुपाल्चोकमा माओवादीलाई धक्का, चौतारा साँगाचोकगढीका पूर्वमेयर तामाङ एमाले प्रवेश
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङले नेकपा माओवादी केन्द्र परित्याग नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको र जनजातीको पार्टी नरहेको भन्दै माओवादी छाडेका हुन्। उनले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिए । तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।
तामाङले भने, ‘मैले ३८ बर्ष दु:ख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दु:ख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन` उनले भने ´राजनीतिक रूपमा नै माओवादी बिचलित भएकोले माओवादी छोडेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #अमानसिंह तामाङ, #केपी शर्मा ओली, #पूर्वमेयर तामाङ एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्