जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमालेमा फर्किँए
काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता(कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए ।
राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान लागेको नेपाल प्रेससँग बताए ।
हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।
उपेन्द्र यादव र अशोक राईलाई प्रदेश १ मा बाबुरामले छाड्दाभन्दा हेमराजलगायतको टिमले छाड्दा जसपामा बढी धक्का पुग्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमालेमा फर्किँए, #हेमराज राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्