राजनीति देश बनाउने विषय हो : केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश बनाउने विषय रहेको बताएका छन् । कतिपयले राजनीतिलाई मन नपराउने बताउँदै उनले विकास गर्ने कुरालाई घिर्णा गर्नुहुन्छ भने ‘वाट यू लभ’ ? भन्दै प्रश्न गरेका छन् ।
अखिल नेपाल महिला संघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीति जनताको समस्या समाधान गर्ने, जनतालाई समृद्धि दिने, बाटो देखाउने र सुरक्षा गर्ने कुरा रहेको जिकिर गरेका हुन् ।
“देश बनाउने कुरालाई तपाई घिणा गर्नु हुन्छ भने, विकास गर्ने कुरालाई घिर्णा गर्नुहुन्छ भने, के लाई मन पराउनुुहुन्छ, वाट यू लभ । वास्तवमा राजनीति भनेको देश बनाउने कुरा हो । राजनीति भनेको जनताको समस्या समाधान गर्ने कुरा हो । जनतालाई समृद्धि दिने कुरा हो, जनतालाई बाटो देखाउने कुरा हो । जनताको सुरक्षा गर्ने कुरा हो ।”
उनले यूवा तथा महिलाहरुको सहभागीता राजनीतिमा हुनैपर्नेमा जोड दिए । ओलीले महिला नजागेसम्म आधा समाज नजाग्ने धारणा राखे । राजनीति भनेको जनताको सुरक्षाको लागी भएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्