प्रतिनिधिसभाको बैठकले विभिन्न ४ वटा विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विभिन्न ४ वटा विधेयक पारित गरेको छ ।
बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ र प्रत्यायोजन विधेयक, २०७८ पारित गरेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ अर्थमन्त्री जनार्दन शर्मा र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पारितका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ र प्रत्यायोजन विधेयक, २०७८ पनि बहुमतले पारित गरेको छ ।
उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पारितका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।
यसअघि बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद्हरुले अव्यवस्थित भूमिहीन बसोबासीको उचित व्यवस्थापन हुनुपर्ने, विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउनु पर्ने, काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नुपर्ने र दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था गरी ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले नागरिकतामा दलितको नामलाई अपमानित गरिएको विषय निन्दनीय भएको भन्दै नाम सच्याउन चाहनेका लागि गृह मन्त्रालयले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालयहरूले लागू गरि नसकेको बताउनुभयो ।
नागरिकता विधेयकलाई पुनर्विचारका लागि पुनः संसदमा नै आउनु राष्ट्रिय सहमतिका लागि मौका भएको बताउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्