काँग्रेससँग टाँसिएका दलहरू कम्युनिष्ट विचारबाट विचलित: सुुवास नेम्वाङ
प्युठान। नेकपा (एमाले) का उपाध्यक्ष सुुवास नेम्वाङले नेपाली काँग्रेससँग टाँसिएर गठबन्धन गरिरहेका कम्युनिष्ट नामधारी दलहरू कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताउनुभएको छ ।
आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरू नैतिकरूपमा कम्युनिष्ट राजनीतिबाट पराजित भएको विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) प्युठानद्वारा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष नेम्वाङले नेकपा (एमाले) बाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी बनाए पनि फुटको औचित्य पुष्टि गर्न नसकेको भनाई राख्नुभयो ।
उपाध्यक्ष नेम्वाङले भन्नुभयो– ‘विपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा अर्काको सहयोगमा चारप्रतिशत मत ल्याउँदा पनि कमजोरी महसुस नगर्ने ?’
प्रशिक्षणमा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापाले आगामी निर्वाचनमा एमाले थप सशक्त पार्टी बन्ने बताउनुभयो । उहाँले प्युठानमा गठबन्धनबाट जो सुकै उठे पनि एमालेलाई फरक नपर्ने बताउनुभयो ।
एमाले जनतामाझ एजेन्डा सहित जाने भन्दै उहाँले त्यसका लागि पार्टीपङ्ती सक्रिय बनेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज विमला घिमिरेले गठबन्धनको रूपमा बाम शक्तिलाई सिद्धाउने योजना प्रतिक्रियावादीले बनाएको बताउनुभयो । काँग्रेसलाई अघि लगाएर केही बाम शक्तिले गलत गरेको उहाको भनाई थियो । गठबन्धन सरकार समाजवादको बाधक रहेको घिमिरेले वताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसी, केन्द्रीय सल्लाहकार परिषद सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष विजयबिराज बिष्टको अध्यक्षतामा भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सुुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्