नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार हो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन थापाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेका विशेयकहरू आवश्यकता अनुसार फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताएका छन् ।
कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले नागरिकता विधेयक फिर्ता भएको र त्यसबारेमा आक्रोश व्यक्त गरिहाल्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।
‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो । हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ आज सोमबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले थापाले भने, ‘प्रथम दृष्टिमा उहाँले विधेयकलाई संसदमा फिर्ता पठाउने कुराको प्रक्रियामा नै प्रश्न उठाउनुपर्छ भन्ने छैन ।’
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै यसबारे धारणा बनाएर संसदमा प्रस्तुत हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाइदिएकी थिइन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गगन थापा, #नागरिकता विधेयक, #नेपाली कांग्रेसका महामन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्