विधेयक फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो: खगराज अधिकारी
काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारी मुलुकमा फिजीकरण रोक्न राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएको बताउनुभएको छ ।
एक रेडियो कार्यक्रममा कुरा गर्दै नेता अधिकारीले भन्नुभयो, “गठबन्धन दलका नेताहरुले आफूलाई संविधान र कानुनभन्दा माथि देखाउनु बेठीक हो । देशलाई नै गम्भीर प्रभाव पार्ने विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमै छ । यो बबाल गर्नुपर्ने विषय नै होइन । नेपालीलाई नागरिकता दिने कुरामा विधेयक सुँड घुसारेर आएको छ । यो फिर्ता नगरेको भए मुलुक फिजीकरणतिर जान्थ्यो ।’
नेता अधिकारीले एमालेले राष्ट्रपतिलाई नागरिकता विधेयकबारे कुनै सल्लाह र सुझाव नदिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख कुरा त अहिलेको नागरिकता विधेयक समितिमै गएन । त्यत्रा संशोधनलाई बेवास्ता गरी सांसद बाहिर गएका बेला हतारहतार पास गरियो । हामीले राष्ट्रपतिलाई कुनै सल्लाह र सुझाव दिएका छैनौं । उहाँले स्वविवेक प्रयोग गर्नुभएको हो । किनभने उहाँ संविधानको संरक्षक हो । राष्ट्रको अभिभावक हो । कसैले राष्ट्रपति मन नपरकोे भए अर्कै कुरा हो ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #खगराज अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्