देशलाई निकास र विकास दिन एमालेको सरकार आवश्यक: सुवास नेम्वाङ
कपिलवस्तु । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ ।
उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) कपिलबस्तुले आइतबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत वर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै एमालेले पटक पटक दबाब दिएका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धीकरण, सुदृढीकरण र पुनःव्यवस्थित गर्दै अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँले मंसिर ४ को निर्वाचनबाट एमाले पुनः सबैभन्दा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने वताउनुभयो ।
सचिव विश्वकर्माले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै र कमी कमजोरीहरूलाई सच्याउँदै पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य विमला घिमिरेले पार्टीलाई मजबुत बनाएर अगाडि बढ्न जरूरी रहेको बताउनुभयो ।
यस्तै केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले समावादी व्यवस्था स्थापना गर्नका निम्ति संघ र प्रदेशको चुनावमा एमालेले जित्नैपर्ने वताउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्वमा समाजवाद नभई देश बर्बाद हुने र दलालपुँजीवाद आउने भनाई राख्नुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलराम अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा करिव पाँच सय अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्