भ्रातृ संस्थाका प्रमुख तोक्दा सभापति देउवाले एकलौटी गरेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका प्रमुख तोक्दा एकलौटी गरेको आरोप लागेको छ।
देउवाले नेविसंघ, तरूण दल, किसान संघ, आदिवासी जनजाति महासंघ, महिला संघलगायतमा आफूनिकटलाई अध्यक्ष बनाएका छन्।
यी भ्रातृ संस्थाका प्रमुख तोक्दा नेता शेखर कोइरालासँग परामर्श नगरिएकोमा देउवाको आलोचना हुने गरेको छ।
सभापति देउवाले आफूनिकटलाई भ्रातृ संस्थाका प्रमुख तोक्दै गए पनि कोइरालालगायत नेताले त्यसको विरोध नगरेको आरोप पनि छ।
कोइराला समूहका विद्यार्थीहरूले सभापतिको एकलौटीपनविरूद्ध उभिन आफ्नै पक्षका नेतालाई ध्यानाकर्षण गराएका छन्।
शनिबार उनीहरूले उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, कोइराला, नेता अर्जुननरसिंह केसीसहित नेतालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
सभापति देउवाले एकलौटी गरेकोले रचनात्मक विद्रोह गर्न नेताहरूलाई ध्यानाकर्षण गराएको महाधिवेशन प्रतिनिधि निरञ्जन थापाले सेतोपाटीलाई बताए।
महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, काठमाडौंस्थित विभिन्न क्याम्पसका नेविसंघले शनिबार ध्यानाकर्षण पत्र नै कोइरालासहित नेतालाई बुझाएका थिए।
कोइरालाले १४ औं महाधिवेशनका बेला आफूले पार्टीमा भागबन्डा नखोज्ने बताएका थिए। तर अहिले सभापति देउवाले आफू निकटलाई भ्रातृ संस्था प्रमुख तोकेपछि कोइराला समूहभित्रै भागबन्डा लिनका लागि माग भइरहेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #भ्रातृ संस्थाका प्रमुख तोक्दा सभापति देउवाले एकलौटी गरेको आरोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्