अलच्छिन पस्यो कहाँबाट ? : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा पैसाको कुनै कमि नभएको दाबी गरेका छन् ।
नेपाल युवा परिषदले (साउन २७) देखि राजधानीमा आयोजना गरेको तीनदिने राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले अफ्नो कार्यकालमा सबै विकासको क्षेत्रमा पैसा भएको तर अहिले जहाँ गएपनि पैसा छैन् भन्ने मात्र सुनिएको बताए ।
‘अहिले सबै पैसा सकेको छ ,कही विकास गर्न पैसा छैन् । बाटो बनाउन, पुल बनाउन,ठेकदारलाई भुक्तानि दिने पैसा र्छैन यो पैसा जान्छ काहाँ , अलच्छिन पस्यो कहाँबाट ?
देश विकास गर्ने कुरामा पैसा नभएको र यो निकै नै चिन्ताको विषय भएको बताए । राजनीतिमा नाताबाद र कृपाबाद जस्ता विकृति हटाउनु पर्ने उनको भनाई छ ।
अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्