फोहोर व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकार संवेदनहीन बन्न मिल्ला : डा. भट्टराई
काठमाडौं । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा राज्यका आवश्यक सबै अंगहरु परिचालन गरिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले यति गम्भीर विषयमा पनि राज्यका अंगहरु संवेदनहीन बन्न मिल्ला भनी प्रश्न गरेका छन् । फोहोर व्यवस्थापनमा भएका समस्याले देशभित्र मात्र नभएर बाहिर समेत कस्तो सन्देश जान्छ भन्ने विषयमा ख्याल गर्न पनि आग्रह गरेका छन् ।
‘अति भो ! बन्द गरौ ब्लेमिङ गेम !’, भट्टराईले लेखेका छन्, ‘राजधानीको फोहोर व्यवस्थापनमा राज्यका आवश्यक सबै अंगहरू परिचालन गरिनुपर्यो र यो दुर्दशालाई अन्त्य गरिनुपर्यो। ‘
त्यस्तै, उनले अघि थपेका छन्, ‘के राज्यका अंगहरू यति गम्भीर विषयमा यति संवेदनहीन बन्न मिल्ला ? यसले देश भित्र मात्र होइन बाहिर समेत कस्तो सन्देश गएको होला ख्याल गरौं ।’
गएराति परेको भारी वर्षाका कारण उपत्यकाका ठाउँ ठाउँमा थुप्रिएको फोहोर छरपष्ट हुँदा सडक र चोक चोक दुर्गन्धित बन्न पुगेका छन् । डम्पिङ साइटमा फोहोर फाल्न नदिइने भएसँगै यसको व्यवस्थापन झनै कष्टकर बनेको छ । काठमाडौँ महानगरपालिकाले कार्य गरिरहेको बता पनि राज्यका माथिका निकाय भने मुकदर्शक बनेर बसेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डा राजन भट्टराई, #राजधानीको फोहोर व्यवस्थापन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्