विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्छ : सूर्य थापा
काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्ने बताएका छन् ।
थापाले सामाजिक सञ्जालमा धारणा राख्दै नेपाली पुरुषसँग विवाह हुनेबित्तिकै नागरिकता दिने र राजनीतिक अधिकारसमेत प्रदान गर्ने प्रावधान गलत भएको उल्लेख गरे ।
उनले नेपालभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान भने ठीकै भएको बताएका छन् ।
‘नेपाल सरहदभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान ठीकै छन्’, थापाले लेखेका छन्, ‘तर विवाहको जग्गेमा नै दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत छ ।’
राज्य व्यवस्था समितिले भारतमा जस्तै विवाहपछि कम्तीमा सात बर्षपछि मात्र नागरिकता दिनेगरी गरेको निर्णय ठीक भएको थापाको भनाइ छ ।
तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरेपछि नेपालमा विवादास्पद नागरिकता विधेकयक पारित गरिएको थापाको टिप्पणी छ ।
उनले अगाडि लेखेका छन्, ‘प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरे, शशी श्रेष्ठलाई मन्त्रीको कुर्सीमा मस्त निद्रा लाग्यो र लीलामणि पोखरेल तैंचुप मैचुप छन् ।’
यस्तो विवादास्पद कानुन प्रमाणीकरण राष्ट्रपतिले फिर्ता गनुपर्ने उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्छ : सूर्य थापा, #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्