एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारी
काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’
नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा पनि दिए । ‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो’ अधिकारीले काँग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दावी गरे ।
अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रुपमा जनता महँगीको मारमा परेका छन् ।
एक्सपोर्ट–इम्पोर्टमा आधारित हाम्रो अर्थतन्त्रलाई हामीले उत्पादनको वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको सुनाए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाट सन्यास लिन्छु, #खगराज अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्