सहकार्य गर्न चाहानेहरुलाई ढोका खुला छ: एमाले नेता अधिकारी
काठमाडौं । नेकपा (एमाले) का नेता खगराज अधिकारीले सहकार्य गर्न चाहनेहरुलाई ढोका खुला रहेको बताएका छन् । रिपोर्टस क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले एकल प्रतिष्पर्धामा जान चाहेको बताउँदै मिलेर जाने कुरामा पनि तयार रहेको बताएका हुन् ।
नेता अधिकारीले राष्ट्रियता, सार्वभौमिकता तथा स्वाधिनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगाएतका विषयमा सहमत हुने सँग मात्रै सहकार्य हुने जिकिर गरे ।
राष्ट्रिय सार्वभोमिकता, स्वाधिनतालाई सबल बनाउने, विकासलाई तीव्र गति दिने, रोजगारी सिर्जना गर्ने लगाएतमा सहमत हुनेहरुलाई हाम्रा ढोका खुल्ला छन् । मूलतः हाम्रो खुट्टामा उभिएर एकल प्रतिष्पर्धामै जान चाहान्छौं । तर, सबैसँग मिलेर जाने कुरामा हामि खुल्ला नै छौं ।)
उनले नीति, सिद्धान्त र गन्तव्यहिन गठबन्धनसँग निर्वाचनमा जानुपरेको टिप्पणी गरेका छन् । उनले परराष्ट्र नीतिमा गम्भीर चुनौतीहरु खडा भएको बताउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने लक्ष्य रहेको धारणा राखे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #खगराज अधिकारी, #सहकार्य गर्न चाहानेहरुलाई ढोका खुला छ: एमाले नेता अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्