सिर्जना सिंहद्वारा चुनावी तालमेलको विरोध
काठमाडौं । पाँच दलिय सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर गत स्थानीय चुनावमा पराजित हुनु भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्नु उपयुक्त हुन सुझाव दिनु भएको छ । कांग्रेस पदाधिकारी बैठकको पूर्वसन्ध्यामा उहाँले यस्तो सुझाव दिनुभएको हो ।
सत्तारुढ पाँचदलीय गठबन्धन सिट बाँडफाँटको तयारीमा रहेका बेला उहाँले चुनावी तालमेलको विरोध गर्नुभएको हो ।
नेतृ सिंहले बुधबार ट्विट गर्दै चुनावी तालमेलभन्दा पनि आसन्न संसदीय निर्वाचनमा सबै दल आआफ्ना चुनाव चिह्नबाट लड्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँ लेख्नुहुन्छ, ‘संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठबन्धन गर्दा हुन्छ । स्थानीय चुनावमा देखेको भोगेको, गठबन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केही गर्दैन।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सिर्जना सिंहद्वारा चुनावी तालमेलको विरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्