राजनेताहरु बिदेश भ्रमणमा जाने र सकारात्मक सहमती भयो भन्ने,तर के सहमतीे भयो भन्ने थाहा नदीने : जगननाथ खतिवडा
काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले राजनेताहरु बिदेश भ्रमणमा जाने र सकारात्मक सहमती भयो भन्ने तर के सहमतीे भयो भन्ने थाहा नदीने तर सिमाना भने मिचिएकै हुने जस्ता प्रवृत्ति रहेको बताए ।
काठमाडौंमा आयोजित चलचित्र काँडेतार नेपाल र छिमेकीसँगको सुमधुर सम्बधको लागी प्रस्ताबना विषयक विचारविमर्श कार्यक्रममा बोल्दै हाम्रो सिमानामा रहेर बाँचेका नेपालीहरु आफ्नै देशभित्र आन्तरीक सरनार्थी जस्तो भएर बसेका छन् तर राज्य सत्ता भने मौन रहेको बताएका छन् ।
‘स्वाभिमान नेपालीहरु हाम्रो सिमानामा रहेका बाँचेका नेपालीहरु आफ्नै देशभित्र आन्तरीक सरनार्थी बस्तीजस्तो रुपमा तर राज्य सत्ता मौन छ । राजनेताहरु बिदेश भ्रमणमा जान्छन् बढो सकारात्मक सहमती भयो भन्छन् के भयो सहमती भयो थाहा हुन्न तर सिमाना मिचिएकै हुन्छ । डुबानमा परेकै हुन्छ । अपराधी गतीबिधी बढेकै हुन्छ तर बार्ता के हुन्छ थाहा छैन यसकारण सिमानामा काँडे तार लगाउनु अघि देशका राजनितीक दलले प्रहरी सेनाले लथा सिङगो देश निमार्णमा लागेका हरेक नेपालीले मस्तीस्कमा काँडे तार लगाउँनु पर्छ । ’
यस्तै काँडेतारका निर्देशक तथा नायक नवल खड्काले देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग नपाएको बताए ।
उनले देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग नपाएको भन्दै अप्ठ्यारो भोग्नु परेको बताए ।
‘देश भत्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट र अन्य ठाउँबाट पाउँनु पर्ने साथ सहयोग हामीलाई जहिले पनि कम भईरहेका छ र अप्ठ्यारो भोग्नु परीरहेको छ । ’
उनले खुला सिमाना नेपालका लागी घातक छ भन्ने कुरा घाम जत्तिकै छर्लङग रहेको र काँडेतार बारले दुइ देशबिचको सुमधुर सम्बन्ध बनाउँछ भन्ने विषयमा उक्त चलचित्र बनेको बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चलचित्र काँडेतार, #जगननाथ खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्