नेकपा (एमाले) कामपा १४ वडा कमिटीले वडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
काठमाडौं । नेकपा (एमाले) कामपा १४ वडा कमिटीले बुझाए ज्ञापनपत्र महंगी र भ्रष्टाचार विरुद्ध गरिएको हस्ताक्षर संकलन कामपा १४ वडाका वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
राज्यलाई जवाफदेही बनाउन काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने जनसमुदाय माथि पर्न गएको मर्कालाई ध्यानमा राखि सरकारले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीको मूल्य घटाउन तथा नियन्त्रित एवं सरकारी निकायमा बढ्दो भ्रष्टाचार तत्काल नियन्त्रण होस भनि जनसमुदायको हस्ताक्षर सहित सम्बन्धित निकायमा ध्यानाकर्षणका ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा (एमाले) कामपा १४ वडा कमिटीका ले चामल, पिठो, दाल, चिनी, दूध घ्यूतेल, सवारी भाडा सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूत आवश्यकताका वस्तु र सेवाको मूल्य आकाशिएको र पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको बताएका छन् ।
‘हाम्रो दैनिक खाद्यन्न चामल, पिठो, दाल, चिनी, दूध घ्यूतेल, सवारी भाडा सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूत आवश्यकताका वस्तु र सेवाको मूल्य आकाशिएको र यो मूल्य वृद्धिलाई नियन्त्रण गर्न सबिन्थ्यो तर सरकारले ध्यान दिन सकेन । ’
भ्रष्टाचार ,विचौलिया कालाबजारिया र नाफाखोरहरूले बजार कब्जा गरेका र किसानहरूले मुख्य बाली लगाउने समयमा देशैभरि रासायनिक मलको हाहाकार भएको ले बताए ।
त्यसले गर्दा कृषि उत्पादन घट्ने र खाद्य संकट अवस्था सिर्जना हुदै गएको स्थानिय जनसमुदायको भनाई छ ।
अर्थतन्त्र संकटग्रस्त बन्दै जानुका सथै खाद्यान्न, औषधि निर्माण सामग्री समेतको आयातमा गम्भीर समस्या देखिएका छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले कामपा १४ वडा कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्