लोसपाका महासचिव गुप्तासहित पाँचहजार नेताकार्यकर्ता एमालेमा प्रवेश
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव तथा गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्तासहित विभिन्न पार्टीका पाँचहजार ७४३ जना नेता\ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
रौतहटको गौरमा आज आयोजित वृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा गुप्तासहित लोसपाका संविधान सभा सदस्य चन्दन साह, नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी लगायत नेता\ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सचिव रघुवीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले गुप्तासहितको नवप्रवेशी टोलीलाई पार्टीमा स्वागत गर्नुभयो ।
उक्त आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारसँग छिमेकी मुलुक भारतसँग दोहोरो संवाद गर्ने क्षमता नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हरेक बर्ष बर्षाका समयमा गौर लगायत सीमा क्षेत्र डुबानमा पर्दै आएको छ तर भारततर्फ बनाइएको ड्याम हटाउन वर्तमान गठबन्धन सरकारले भारतसँग दोहोरो संवाद पनि गर्न सक्दैन ।
तराई मधेशका जिल्लाहरूले बर्सेनि बाढीका कारण कटान र डुवानको समस्या झेल्दै आएको कुरा आफूले भारतीय प्रधानमन्त्रीसँग गरेको र समाधान गर्ने कुरामा भारत सकारात्मक रहे पनि अहिलेको सरकारले कुनै वास्ता नगरेको उहाँको भनाई थियो ।
‘एमाले जनताको पार्टी हो, यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने यात्रामा छ । एमाले यो यात्रामा आम नेपालीलाई संलग्न गराउन चाहन्छ ।’
‘भ्रष्टाचारी, षडयन्त्रकारी र देश विगार्नेहरूका पछाडि लागेर देश बर्बाद वनाउने काममा नसघाउन र आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन एमालेमा आउन सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने वताउँदै आफ्नो नेतृत्वको सरकारले पछौटेपन, भेदभाव, छुवाछूतलाई हटाएर देशलाई समृद्धिकोतर्फ अघि बढाइरहँदा प्रतिक्रियावादीहरूलाई असह्य भई षडयन्त्रपूर्वक परमादेशबाट सरकार ढालेको चर्चा गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, कृषिको आधुनिकीकरणदेखि लिएर विभिन्न योजनाहरूलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएकोमा एमालेको सरकार हटेपछि उक्त योजनाहरूलाई ओझेलमा पारिएको चर्चा गर्दै उहाँले मदरसा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने योजना कार्यान्वयन हुन नपाएको वताउनुभयो ।
अध्यक्ष ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको तर प्रभु साह र रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गर्नुभएको, योजना ल्याउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘म प्रधानमन्त्री हुँदा तराईका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्गदेखि धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’
उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा के गरे ?’
तराई मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नुपर्ने बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकासको लागि छनौट गरिएका सयौं योजनाहरू अहिलेको गठबन्धन सरकारले हटाउने काम गरेको वताउनुभयो । एमाले अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र आउँदो निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा एमाले प्रवेश गर्नुृभएका लोसपाका महासचिव गुप्ताले आफ्नो २६ बर्षदेखिको मधेशको राजनीति आजबाट फेरिएको बताउनुभयो ।
नेकपा (एमाले) अन्य पार्टीहरू भन्दा धेरै फरक रहेको र देश बनाउने एमालेको अभियान आफूलाई चित्त बुझेका कारण एमालेमा प्रवेश गरेको गुप्ताले बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष अमर साहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले पनि मन्तव्य राख्नुभएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्