चुनावका लागि नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।
दल दर्तापछि सञ्चारकर्मीहरु कुराकानी गर्दै एमाले महासचिव पोखरेलले दलदर्ता सँगै नेकपा एमाले निर्वाचनको तयारीमा विधिवतरुपमा प्रवेश गरेको बताए । उनले राजनीतिक दलहरु चुनावमा गठबन्धन बनाएर जानु आफ्नो सामथ्र्यमाथि अविश्वास गर्नु रहेको टिप्पणी गरे ।
उनले ५ दलीय गठबन्धन नीति, उद्धेश्य र लक्ष्यका प्रश्नमा स्पष्ट नभएको बताउँदै यसले मुलुकलाई सहिबाटो लैजान नसक्ने आरोप लगाए ।
“वास्तवमा राजनीतिक दलहरुले चुनावमा गठबन्धन बनाएर चुनाव लड्ने कुरा चाँही आफ्नो सामथ्र्यमाथि चाँही अविश्वास गुर्न हो । नीति प्रति अविश्वास गर्नु हो । अहिले ५ दलीय गठबन्धन नीतिका प्रश्नमा, उद्धेश्यका प्रश्नमा, लक्ष्यका प्रश्नमा जब स्पष्ट छैन भने त्यसले मुलुकलाई सहिबाटो दिन कसरी सक्छ ।”
पोखरेलले एमाले आगामी निर्वाचनमा गठबन्धन सरकारका असफलता र एमालेका उद्धेश्यहरुलाई चुनाव प्रचारको मुख्य विषय बनाएर जनताको बिचमा जाने बताए । उनले स्थानीय तहको निर्वाचनबाटै एमाले ५ दलीय गठबन्धनसँग प्रतिष्पर्धा गर्न सक्छ भन्ने सन्देश दिएको तर्क राखे ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #चुनावका लागि एमाले १० औं नम्बरमा दल दर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्