राज्यको दोहन गर्ने काम बन्द होस् : खिमलाल देवकोटा
काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसंगै प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरेका हुन् ।
‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइदैन । पसल खोल्न पाइदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’
संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्ममात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भएको बुझ्नुपर्ने बताएका छन् ।
निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न र नीति तथा कानून नबनाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #खिमलाल देवकोटा, #राज्यको दोहन गर्ने काम बन्द होस् : खिमलाल देवकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्