झाँक्रीलाई कारबाही गर्ने नेपालको तयारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ ।
पार्टीको विधानविपरीत झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको बताइएको छ ।
पछिल्लो समय पार्टी अध्यक्ष माधव कुमार नेपालसँग सम्बन्ध बिग्रेको चर्चा चलिरहेको बेलामा झाँक्रीमाथि कारबाहीको तयारी समेत भइरहेको हो । स्रोतका अनुसार उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धमा अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले छलफल समेत गरिसकेका छन् ।
झाँक्रीको इच्छाविपरीत पार्टीले आफ्नो मन्त्री पद खोसिदिएपछि पार्टी नेतृत्वसँग उनी रुष्ट बनेकी थिइन् । पछिल्लो समय माधव नेपालविरुद्ध नै अभिव्यक्ति दिन थालेकी उनी कारबाहीअघि नै पार्टी छाड्न वा सचिव पदबाट राजीनामा दिन सक्ने आँकलन समेत गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्