Techie IT
मंगलबार, असार ९,२०८३

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लड्ने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणाबारे औपचारिक जानकारीका लागि उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

पत्रकार सम्मेलनमा दिउँसो २ बजे गरिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #ज्ञानबहादुर शाही, #ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने


तपाईको कमेन्ट लेख्नुहोस्