‘एमालेसँग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैन’: पद्मामा अर्याल
पोखरा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पदमा अर्यालले एमालेले आगामी आम निर्वाचनमा पाँच दलीय गठबन्धनको डटेर सामना गर्ने वताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेश कमिटी तथा प्रचार तथा प्रकाशन विभागले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव अर्यालले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सबै दलको गठबन्धनको दृढताका साथ सामना गर्ने वताउनुभयो ।
अहिलेको गठबन्धन समग्र विकास तथा मुलक बनाउनको निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको र पाँचदलीय गठबन्धनले इतिहासको असफल र नालायक सरकार चलाएकोे उहाँको भनाईं थियो ।
‘एमाले जनतामा आधारित पार्टी हो । एमाले कमजोर भए कोही कसैले गठबन्धन गर्नपर्ने थिएन,’ उहाँले भन्नुभयो, ‘एमालेसंग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैन । गठबन्धन गर्दा पनि यिनको मुटु कापेको छ ।’
सचिव अर्यालले भन्नुभयो– ‘पार्टी आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने योजनाका साथ अगाडि बढ्छ । एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गरिने छ ।’
‘सरकारको क्रियाकलापबाट जनताले राहतको महसुस गर्ने कुनै ठाउँ छैन । राज्यले प्रवाह गर्ने सेवा प्राय ठप्प भएको छ । विकास निर्माणका काम पुरै अवरुद्ध भएको छ । गठबन्धनले नेपाललाई रणभूमी बनाउने तथा नेपालको भूमि प्रयोग गरेर कुनै राष्ट्रलाई असफल बनाउन लागेको छ ।’
प्रदेशले जनविरोधी काम गरेको छ
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकार मनोमानी ढङ्गले चलेको तथा जनविरोधी काम गरेको ठहर गरेको छ । अघिल्लो सरकारले अगाडि सारेको बहुवर्षीय योजनाहरूमा राजनीतिक पूर्वाग्रह साँधेर बजेट विनियोजन नगरी कटौती गरेको र दोस्रो चरणमा लैजाने योजना समेत प्रभावित भएको एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले बताउनुभयो ।
एक निर्वाचन क्षेत्र एक सडकको दीर्घकालीन नीतिलाई निस्तेज पार्ने मनसायले कृषि सडकको आवरण दिएर दीर्घकालीन महत्वको नीतिलाई लत्याएको आरोप लगाउँदै सचिव शर्माले बजेट निर्माणको सिद्धान्त विपरीत विना योजना बजेट ल्याएको वताउनुभयो । आफूखुसी बजेट बनाउने तथा सत्तापक्षका सांसदलाई प्रति सांसद पाँच करोड बजेट विनियोजन गर्ने तर विपक्षी सांसदलाई दोस्रो दर्जाको सांसदको रूपमा व्यवहार गरेको उहाँको भनाई थियो ।
मन्त्री परिषद सदस्यका मृतक आफन्तको नाममा ट्रष्टको आवरणमा बजेट छुट्टाएर निजी सम्पत्ति बनाउन खोजको, प्रदेश सरकारले बजेटका करको दर मनपरी तवरले हेरफेर गरेको, सवारी कर तथा जरिवाना तथा मालपोत कर बढाएर रेकर्ड कायम गरेको शर्माले वताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #‘एमालेसँग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैन’: पद्मामा अर्याल, #hot, #पद्मामा अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्