‘न्याय क्षेत्रलाई ध्वस्त पार्ने क्रियाकलापले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्यायौं’ : डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संविधानको भावना विपरीत न्याय क्षेत्रलाई ध्वस्त पार्ने ढंगको क्रियाकलापले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याईएको बताएकी छिन् । उनले संविधानको परिकल्पना अनुसार न्यायपालिका स्वतन्त्र, निष्पक्ष र जवाफदेही नभएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग दर्ता गर्न बाध्य भएको बताईन् ।
“नेपालको संविधानलाई हामिले अध्ययन् गर्यौ भने न्यायपालिका न्यायपालिका स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, जवाफदेही हुनुपर्छ । त्यस्तो न्यायपालिकाको परिकल्पना गरेको छ । त्यहि परिकल्पना अनुसार संवैधानिक निकायले न्याय निरुपण गर्दा शक्ति पृथीकरण र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा न्याय निरुपढ गर्नुपर्छ । तर, संविधानको भावना विपरीत स्वछेच्छिकचारी ढंगले, न्याय क्षेत्रलाई ध्वस्त पार्ने ढंगले उहाँको क्रियाकलापले गर्दा योे प्रस्ताव हामिले ल्याएका हौं ।
प्रधानन्यायाधीशले स्वतन्त्रता, सक्षम, जिम्मेवार, निष्पक्ष न्यायपालिकाको जर्गेना गर्न नसकेको आरोप समेत लगाईन् । विकृति, विसङगती, भ्रष्ट्राचार एवम् अवैध सम्पत्ति आर्जन गर्ने र गराउने कार्यमा प्रधानन्यायाधीशको संलग्न रहेको बताउँदै सर्वोच्चमा विचौलियको प्रवेश गराएको उनको तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डिला संग्रौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्