नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न
काठमाडौं । नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकपछि पार्टीको एजेण्डा सुनाउदैँ प्रवक्ता शिव सिङ्खडाले निर्वाचन परिचालन कमिटिहरु केन्द्रिय र जिल्ला स्तरमा गठन गरेर निर्वाचनको लागि दल दर्ता गर्ने बताए । उनले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए ।
हाम्रो मुख्य एजेण्डा भनेको नेपाल सरकार र निर्वाचन आयोग मार्फत मंसिर ४ गते हुन गएको प्रतिनिधिसभाको चुनाव र प्रदेश सभाको चुनावमा हाम्रो पार्टीले सम्पूर्ण क्षेत्रमा प्रतिस्पर्धा गरेर जाने विषयमा निर्णय गर्छौ ।
उनले विगतमा ठूला दलहरुले आचारसंहिता पालना नगरेको भन्दै आगामी निर्वाचनमा आचारसंहितामा पालना गर्न आयोग र सरोकारवाला निकायहरुले प्रतिबद्धता जनाउनुपर्ने बताए ।
उनले निर्वाचनलाई निष्पक्ष बनाउन आयोग र नेपाल सरकार आग्रह गर्ने बताउँदै अन्य राजनैतिक दलहरुबाट जनता दिक्क भएकाले आफूहरुले जित्ने विश्वास व्यक्त गरे ।
गठबन्धनको सरकार र परमादेशको सरकार सबैलाई जनताले हेरि सकेका छन् । यिनिहरुबाट राष्ट्रियता,संस्कृति, समाज कुनै ठाँउमा पनि जनजताको लागि केही काम नगरेको तर महङगी गर्ने परराष्ट्र नीतिमा हलचल र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न नागरिकता विधेयक सबैमा प्रश्न उठेको छ ।
उनले वीपी कोईरालाको सिद्धान्त, आदर्श र विचारलाई घरघरमा पु¥याउन अभियानमा चलाउने र त्यसमा जनताको साथ रहेको दाबी गरे ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली काङ्ग्रेस वीपीको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्