‘न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्छ’: भीम रावल
काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै रावलले प्रधानन्यायाधीशको सम्बन्धमा छानबिन समितिले तयार गरेका तथ्यहरुमाथि गहन छलफल हुनुपर्नेमा जोड दिए ।
नेता रावलले न्यायपालिकाको कुरा उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढंगले निराकरण गर्नु कर्तव्य रहेको बताउँदै त्यसतर्फ ध्यान जानुपर्ने धारणा राखे ।
“यस सम्बन्धमा सम्बन्धित समितिले छलफल गरेर ल्याएपछि तथ्य के हो, बाहिर विभिन्न कुराहरु सुनेका छौं । त्योे सुनेको आधारमा भन्दा ती तथ्यहरु आएभने त्यसमा गहन छलफल हुन सक्थ्यो होला । कुराहरु उठिसकेपछि त्यसलाई संविधान बमोजिम तथ्यसंगत ढंगले समयमै निराकरण गर्नू यदी व्यवस्थापिका भित्र प्रवेश पाएको छ भने त्यसको पनि कर्तव्य हो । राजनीतिक क्षेत्रका व्यक्तिहरुले पनि तद अनुकुल त्यसलाई अन्यथा विषय नबनाएर त्यो गर्नु सबैको कर्तव्य हो ।यस तर्फ सबैको ध्यान जानुपर्छ ।”
नेता रावलले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अगाडी सारिएको लामो समय हुँदा पनि छलफल नहुनु दुखद विषय रहेको बताए । उनले मुलुक कस्तो राजनीतिक प्रक्रियामा छ र कुन चरण छ भन्ने हेक्का राख्नुपर्ने तर्क गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #‘न्यायपालिकाकोे विषयमा उठेका कुराहरुलाई निष्पक्ष किसिमले निराकरण गर्नुपर्छ’: भीम रावल, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्