समाजवादको आधार निर्माण गर्न एमालेको विजय अनिवार्य छ: पृथ्वी सुब्बा गुरुङ
पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मुद्दा र सवालहरूमा तथ्यपरक विश्लेषण आवश्यक भएको बताउनुभएको छ ।
उपमहासिचव गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किने वताउनुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बहिर्गमन प्रतिनिधि सभाबाट मात्र हुन्छ तर वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो संगति मिलेको छैन भन्नुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको गण्डकी प्रदेश सम्मेलनको उदघाटन गर्दै उपमहासचिव गुरूङले नेपालका बुद्धिजीवी र प्राध्यापकहरूले यस्ता विषयहरूमा अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्छ भन्नुभयो ।
उहाँले समाजवादको आधार निर्माणका लागि नेकपा (एमाले) को विजय अनिवार्य भएको पनि बताउनुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको सञ्चालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले संगठनले राष्ट्रियस्तरमा उठेका विभिन्न सवालहरूमा देशव्यापी रूपमा विषयगत बहस सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदमप्रसाद खतिवडा, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #पृथ्वी सुब्बा गुरुङ, #समाजवादको आधार निर्माण गर्न एमालेको विजय अनिवार्य छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्