पेरिसडाँडामा देउवाको फोटो राखे हुन्छ: एमाले नेता पौडेल
काठमाडौं । नेकपा एमालेका युवा नेता रमेश पौडेलले आफ्नो पार्टी आफ्नो बुतामा लड्न सक्षम रहेको बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पौडेलले उस्तै झन्डा, उस्तै विचार र उस्तै अनुहार लिएर वामपन्थीविरुद्ध लाग्नु घातक रहेको टिप्पणी गरे ।
उनले थपे, “प्रभुहरुको सेवा संगत गुनाको फल हो । माओवादी केन्द्रले एमालेसँग सहकार्य चाहेको हो भने कांग्रेसको कान्छीऔंला समाउन छाड्नुपर्छ ।”
साथै उनले आफ्नो मान्यता र बलिदानी सबै बिर्सेर एमालेलाई घेराबन्दी गर्नु भनेको मुलुक र राष्ट्रियतामाथि पनि घेराबन्दी भएको दाबी गरे । पौडेलले भने, “यस्तै गर्दै जाने हो भने पेरिसडाँडामा शेरबहादुर देउवाको फोटो राखे हुन्छ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #रमेश पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्