ताइवान मुद्दामा नेपालले चीनको निरन्तर समर्थन गर्ने विश्वास छ : राजदूत यान्छी
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् ।
अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे वुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी छन् ।
‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’
चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र तथा साझेदार रहेको बताउँदै यान्छीले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’
उनले नेपालले चीनलाई समर्थन गर्ने विश्वास व्यक्त गरेकी छन् । ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन्,’ उनले भनेकी छन्, ‘एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’
पेलोसीले ताइवानको भ्रमण गर्नु चीन अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको बताएकी छन् । ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ,’ उनले भनेकी छन्, ‘चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ, र संयुक्त राज्य अमेरिकालाई गम्भीर विरोध र कडा विरोध गरेको छ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #ताइवान मुद्दा, #होउ यान्छी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्