‘विप्लव’का नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु: मुलुकलाई हिंसातर्फ धकेल्न खोजिको भट्टराईको आरोप
काठमाण्डौं । नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टी व्यक्त गरेको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिंसाको बाटोमा हिँडेको नेकपालाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले शान्तिको बाटोमा ल्याएको तर अहिले फेरी हिंसातर्फ धकेल्न खोजिएको आरोप लगाएका हुन् । हतियारसहित सशस्त्र युद्धमा होमिएको पार्टी शान्तिपूर्ण बाटो आइसकेपछि कुनै पनि बहानामा निरुत्साहित गर्न नहुने भट्टराईको माग छ । ओली सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वय गर्दै लैजानुपर्ने एमालेको तर्क छ ।
विभिन्न बहानामा विप्लव समुहलाई पत्र काट्ने, र उनीहरुलाई फेरी त्यही बाटो रोज्नका लागि विवश बनाउनका लागि सरकार उद्धत भएको हो भने म प्रमुख प्रतिपक्ष दलको हैसियतले यो कामबाट सरकार तत्काल पछि हट्न, उहाँहरुलाई काटेको त्यो पत्र फिर्ता लिन, र उहाँहरुले जुन शान्तिपूर्ण बाटोबाट राजनीतिक दल दर्ता गरेर अब हामी प्रतिस्पर्धाको र शान्तिपूर्ण बाटोबाट राजनीति गर्छु भनेर त्यो बाटो रोज्नुभएको छ, त्यसमा प्रोत्साहन गर्नका लागि पनि म नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।
ललितपुर जिल्ला अदालतले सोमबार नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विशाल भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्