महिलाहरुले अवसर पाए जस्तो सुकै जिम्मेवारी पूरा गर्न सक्छन्: उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरुले अवसर पाए जस्तो सुकै जिम्मेवारी पूरा गर्न सक्ने बताएका छन् । समाजवादी महिला संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वका धेरै मुलुकमा महिलाले सफलतापूर्वक सत्ता चलाईरहेको बताए ।
“अब अहिले हेर्दा खेरी दुनियाँका धेरै मुलुकहरुमा, धेरै राज्यहरुमा महिला राष्ट्र प्रमुख या सरकार प्रमुख भएर सफलतापूर्वक शासन व्यवस्था चलाईरहेका छन् । अहिले पनि १६ वटा मुलुकमा झण्डै राष्ट्र प्रमुख महिल छन् । यस्ले के सावित गर्छ भने महिलाहरुले सरकार चलाउन सक्दैनन्, सत्ता चलाउन सक्दैनन् । महिलाहरुले जिम्मेवारी पूरा गर्न सक्दैनन्, भन्ने कुरालाई गलत सावित गर्छ । अवसर पाउँदा नसक्ने कुरा छैन् ।।”
पूर्वप्रधानमन्त्री समेत रहेका यादवले परिवर्तनका आन्दोलनहरुमा महिलाको भूमीका महत्वपूर्ण रहेको जिकिर गरे । उनले महिलाहरुको भागेदारी मात्रै संसारका जुनसुकै आन्दोलन र राष्ट्र निर्माण सफल हुने विश्वास व्यक्त गरे ।
“संसारमा पनि जुनसुकै आन्दोलन या परिवर्तन या राष्ट्र निर्माण जब सम्भव हुन्छ, तब त्यसमा महिलाहरुको भागेदारी हुन्छ । जुन मात्रमा भागेदारी बढ्दै जान्छ । त्यही मात्रामा सफलताको नज्दीक अगाडी बढ्दै जान्छ ।।”
यस्तै, समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले विभेदको अन्त्य आफ्नै घरबाट अन्त्य गर्नुपर्ने बताएकी छन् । उनले समाजमा आमूल परिवर्तन ल्याउन महिलाहरुलाई अगाडी लिएर जानुपर्ने बताउँदै नेतृत्व सम्हाल्नु छ भने घरबाटै परिवर्तनको बिगुल फुक्नु पर्नेमा जोड दिईन् ।
“विभेदको अन्त्य आफ्नै घरबाटै गरौं। संघर्ष हामिले यदी राजनीतिमा आउनु छ, राजनीति भनेको समाज सेवा हो र समाजमा आमूल परिवर्तन ल्याउनु छ । महिलाहरुलाई अगाडी लिएर जानु छ र हामिले नेतृत्व सम्हाल्नु छ भने हामिले हाम्रो घरबाटै परिवर्तनको बिगुल फुक्नु पर्छ । घरमा पनि जति छोराको अधिकार छ, त्यति अधिकार हाम्रो पनि परिवारका सदस्यलाई सम्झाउन सक्नुपर्छ । त्यो परिवर्तन हामिले ल्याउन सक्यौं भने हामि एउटा सफल नेतृत्व दिन समक्ष हुनेछौं ।
यादवले आफ्नो अधिका स्थापित गर्न हिड्यौं भने मात्रै सफल भईने बताईन् । उनले महिलामाथि हुने सबैप्रकारका विभेद अन्त्य गर्न बैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी रहेको दाबी गरिन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्