नेकपा एमाले लुम्बिनीमा संगठन व्यवस्थापन तथा परिचालन कार्यशाला आयोजना
बुटवल । नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालनका लागि कार्यशाला आयोजना गरिएको छ ।
दुईदिनसम्म चल्ने कार्यशालाको शुक्रबार उद्घाटन गर्दै पार्टीका केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको आन्तरिक जीवनमा देखापरेका समस्याको समाधानमा सहयोग पुग्ने, निर्वाचन केन्द्रित कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने लगायतका विषयमा निष्कर्ष निकाल्ने बताउनुभयो ।
पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सचिव विश्वकर्माले पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका उपायबारे विचार प्रस्तुत गर्नुभयो ।
पार्टीका नेता तथा कार्यकर्तामा अध्ययनप्रति उदासिनता, आत्मकेन्द्रित चिन्तन, प्रवृत्तिको विकास, निर्देशन–बुझाई र कार्यान्वयनमा देखिएका समस्या, पार्टी सदस्यता र नवीकरण, जनसंगठनको काम र नीति नेतृत्वको महत्वकाबारेमा प्रस्तुती दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा भएका घात प्रतिघात, त्यसबाट लिनुपर्ने शिक्षा, संस्कार–सँस्कृति र कार्यशैली तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा पनि चर्चा गर्नुभयो ।
सो अवसरमा पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिकरूपमा स्पष्ट र संगठनात्मक रूपले सबल, सुदृढ, भावनात्मक रूपमा एकतावद्ध, जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राख्नुभयो । कार्यशालामा प्रस्तुत कार्यपत्रमाथि पाँचवटा समूह वनाएर छलफल गर्ने र दोस्रो दिन शनिबार प्रस्तुत गर्ने योजना रहेको छ ।
कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।
शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रदेश कमिटीले यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुहुने छ ।
प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोलस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।
कँडेलले पहिले पार्टीको संगठनात्मक संरचनाबारे तयारी गरेपछि प्रदेशस्तरको प्रशिक्षण गर्न लागिएको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्