कार्यकर्ताहरूलाई चुनावी तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन
दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं ५) मा पर्ने कमल गाउँपालिकाका कार्यकर्ताहरूको भेलालाई बिहीबार सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा सहज जितको परिणाम ल्याउने कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।
झापाको क्षेत्र नं. ५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रूपमा हेरिएको स्मरण गराउँदै उहाँले यि स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकेन, समीक्षा गर्न पनि निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन परिणाम र कमी कमजोरीबाट निराश नभई आगामी निर्वाचनमा जुट्न हौसला प्रदान गर्नुभयो ।
अध्यक्षले भन्नुभयो– एमाले सरकारमा नहुँदा के–के हुँदो रहेछ, गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको छ । देशलाई आर्थिक रूपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरूलाई ध्वस्त पार्ने काम भएका छन् । सरकार कमिशन एजेण्टहरूले चलाएका छन् ।
‘एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरू अहिले वाम एकताको कुरा गर्दै हिड्नु लज्जास्पद कुरा हो,’ अध्यक्षले भन्नुभयो– ‘पाँच जना मान्छे मिल्दैमा बाम एकता हुँदैन ।’
कार्यक्रममा अध्यक्षसहित एमालेका प्रदेश ईन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नि खरेल लगायतले पार्टीमा प्रवेश गर्नेलाई स्वागत गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्