परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्यहरुले नेपालले आफ्नो परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्ने बताउनुभएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरु ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र कुमार कार्की लगायतले अर्थ र परराष्ट्र नीतिमा नेपाल प्रष्ट नभएका कारण विभिन्न समस्याहरू र उल्झनहरू आउने गरेको धारणा राख्नुभएको थियो ।
उहाँहरूले अझै पनि अपमान र असमान सन्धिमा नेपालीहरू झेलिएको भन्दै नेपालको परराष्ट्र नीतिमा सुधार र मौलिक नीतिमा परिवर्तन नल्याएसम्म नेपाल र नेपालीहरूले सधैँ दुख पाउने धारणा राख्नुभएको थियो ।
बैठकले भूतपूर्व सिंगापुर गोरखाहरूको मुद्दाका सम्बन्धमा परराष्ट्रमन्त्री र सम्बन्धित सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय समिति, #परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड, #प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्