निर्वाचनमा विजय प्राप्त गर्नु पार्टीको अहिलेको कार्यभार: युवराज ज्ञवाली
धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको अहिलेको कार्यभार निर्वाचनमा विजय प्राप्त गर्नु रहेको वताउनुभएको छ ।
पार्टीको कैलाली जिल्ला कमिटीद्वारा धनगढीमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले निर्वाचनमा विजय प्राप्त गरी आम सर्वहारा, श्रमजीवी वर्गको पक्षमा काम गरी समाजवादको आधार तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उपाध्यक्ष ज्ञवालीले भन्नुभयो–‘जबजको मुख्य लडाइँ दलाल नोकरशाही पुँजीवादलाई पराजित गर्नु हो, त्यो भनेको हाम्रो देशको उत्पादन बढाउने हो अनि मात्र हामी सफल हुन्छौं । त्यसका लागि नेकपा (एमाले) को सरकार बनाउनुपर्छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा थुप्रै राम्रा र ठूला कामहरू भएको चर्चा गर्दै उपाध्यक्ष ज्ञवालीले यो चुनावमा जसरी पनि कांग्रेसलाई रोक्नुपर्ने वताउनुभयो ।
पार्टीका नेता, कार्यकर्तामा गलत प्रवृत्ति मौलाएको र अन्तर्घातका कारण स्थानीय निर्वाचनमा धेरै ठाउँमा पराजय भोग्नुपरेको चर्चा गर्दै उहाँले भन्नुभयो– निर्वाचनमा एक–एक भोटको महत्व रहेकाले जनताका घरघरमा जाने, देश निर्माणका लागि पार्टीका योजनाबारे वताउने, मानिसहरूलाई पार्टीमा भित्र्याउने लगायत निर्वाचन केन्द्रित काम थाल्न निर्देशन दिनुभयो ।
सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रम अगाडि सारेको र सातै प्रदेशमा ओद्योगिकग्रामको कार्यक्रम ल्याएको वताउनुभयो । सचिव भट्टले भन्नुभयो– ‘अध्यक्ष ओली नेतृत्वको सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई साकार पार्ने बाटोमा वर्तमान सरकारले अवरोध गरेको छ ।’
उहाँले भन्नुभयो– देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा छ, देशलाई जोगाउने जिम्मेवारी नेकपा (एमाले) को काँधमा आएको छ र त्यो जिम्मेवारी केन्द्रदेखि वडासम्म सिंगो पार्टीपङ्तीले पूरा गर्नुपर्ने छ ।
पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापाले अहिले पार्टीको मुख्य सङ्घर्षको क्षेत्र निर्वाचन हो भन्नुभयो ।
स्थानीय तहको निर्वाचनको चर्चा गर्दै उहाँले भन्नुभयो–जितेको ठाउँमा हाम्रो एकताले, मिहिनेत र बलले जितेका छौँ । हार हाम्रो असहमति, असमझदारी र असन्तुष्टिका कारण भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचनमा विजय प्राप्त गर्नु पार्टीको अहिलेको कार्यभार, #नेकपा एमाले, #युवराज ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्