महंगीविरूद्ध जनप्रदर्शनको अन्तिम तयारीमा एमाले
काठमाडौं । नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । त्यसका लागि आन्तरिक तयारी तीब्र पारिएको छ ।
नेकपा (एमाले) ले आज पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन निर्देशन दिएको छ ।
बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परिरहेका र सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने वताउनुभयो ।
उहाँले जनप्रदर्शनका लागि राम्रो तयारी गर्न र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिनुभयो ।
बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो–‘पार्टीको संगठित शक्ति परिचालन गरी बढीभन्दा बढी जनता सडकमा उतार्न सबै जनसंगठन र उपत्यकाभित्र रहेका सबै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्छ ।’
मुलुकमा महंगी र भ्रष्टाचारव्याप्त रहेको र सरकारका बेथितिहरूका विरूद्धमा एमाले सडकमा उत्रेर आवाज उठाउँछ भन्ने सन्देश यस प्रदर्शनले दिनुपर्ने बताउँदै महासचिवले भन्नुभयो– सरकारका बेथिति र गलत कामका विरूद्ध जनतालाई जागरुक बनाउने अहिलेको आवश्यकता हो । त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा जनप्रदर्शन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको उपस्थिति रहेको थियो ।
जनप्रदर्शन बसन्तपुरबाट दिउँसो २ बजे शुरू हुने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने, #महंगीविरूद्ध जनप्रदर्शनको अन्तिम तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्