नेपाल एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण भेला सम्पन्न
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गरेको छ ।
मंगलबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
एमालेले आगामी दिनमा खेल्नुपर्ने भूमिका, अब हुने निर्वाचन लगायतकाबारेमा प्रशिक्षण दिइएको थियो ।
पार्टीले सबै प्रदेशमा प्रशिक्षण आयोजना गर्ने निर्णय गरे बमोजिम अहिलेसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् भने विभिन्न जिल्लामा पनि प्रशिक्षण शुरू भएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रशिक्षणमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहरा, सचिव लेखराज भट्ट, स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा लगायतका नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।
आज धनगढीमा कैलाली जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम छ ।
यसैगरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को सुदूरपश्चिम प्रदेशस्तरीय पूरक बैठक आज धनगढीमा बसेको सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल एमाले, #नेपाल एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण भेला सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्