लायन्स क्लबद्वारा बाल कल्याण गृहलाई खाद्यान्न सहयोग
खाँदबारी । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ खाँदबारी संखुवासभाले माट्स नेपालद्वारा सदरमुकाम खाँदबारीमा सञ्चालित बाल कल्याण गृहलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लबले बाल कल्याण गृहलाई शनिबार १५० किलो चामल र १० किलो चिनी सहयोग गरेको हो । क्लबका अध्यक्ष विमल गौतमले उक्त खाद्यान्न सामग्री बाल कल्याण गृहका अध्यक्ष सुजन अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
बाल कल्याण गृहमा हाल बाबुआमा गुमाएका नौ जना बालबालिका आश्रय लिएर बस्दै आएका छन् । क्लबका अध्यक्ष गौतमले मनराम मोटर्सको सहकार्यमा खाद्यान्न सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले मानवीय अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष गौतमले आगामी दिनमा पनि बाल कल्याण गृहलाई आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालबालिकाका लागि आठ कोठे सुविधासम्पन्न भवन निर्माण गर्न समेत पहल भइरहेको जानकारी दिनुभयो ।
सहयोग ग्रहण गर्दै बाल कल्याण गृहका अध्यक्ष अधिकारीले बालबालिकाको दैनिक भोजन व्यवस्थापनमा खाद्यान्न सहयोगले ठूलो राहत पुगेको बताउनुभयो । उहाँले सहयोगका लागि लायन्स क्लब तथा सहकार्य गर्ने संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ संखुवासभाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ । क्लबले यस्ता सहयोगात्मक गतिविधिले समाजमा सहकार्य र मानवीय भावनालाई थप बलियो बनाउने विश्वास लिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खाद्यान्न सहयोग, #बाल कल्याण गृह, #माट्स नेपाल, #लायन्स क्लब अफ खाँदबारी संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्