केपी ओली गृहजिल्ला झापा जाँदै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा जाँदैछन् ।
स्थानीय तहको निर्वाचनपछि अध्यक्ष ओली गृहजिल्ला झापा र आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।
उनी आज विहान १० बजे भद्रपुरका लागि उड्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली वुधवार झापा जानेछन् भने १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै, एमाले झापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का नेता कार्यकर्ता तथा बिभिन्न क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली वुधबार विहान भद्रपुर ल्याण्ड भएर बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसपछि उनले पार्टीका जनवर्गीय संगठनका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गर्नेछन् । बुधवार अध्यक्ष ओली बिर्तामोडमै बस्नुहुनेछ ।
त्यसैगरी, साउन १२ गते बिहीबार ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जाने कार्यक्रम छ ।
त्यहाँ क्षेत्रभरका कार्यकर्ताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । बिहीबार विहान अध्यक्ष ओलीले ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
त्यस्तै, बिहीबार नै गौरदह नगर कमिटिका पदाधिकारी उनले भेट गर्दैछन् भने १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथिका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी सबै भेटघाट होटल दमकस्थित कामाक्षमा आयोजना गरिएको छ ।
त्यस्तै, क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा वडा अध्यक्षदेखि माथिल्लो तहका जनप्रतिनिधि, जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथिका कार्यकर्ताहरु सहभागी हुनेछन् । कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा तय गरिएको बताइएको छ ।
बिहीबार नै अपरान्ह साढे ४ बजे अध्यक्ष ओलीले कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट गर्नेछन् । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग र ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ ।
त्यस्तै, साउन १३ गते ९ बजे पार्टी निकट व्यावसायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट तय गरिएको छ भने ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, अन्य विभिन्न भेटघाट तथा कार्यक्रममा सहभागी भई अध्यक्ष ओली साउन १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको ओलीको सचिवायले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्