चियाको गुणस्तर मापन गर्ने यन्त्र स्थापना गर्न खनालद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले भन्नुभयो “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताउनुभयो ।
सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भन्नुभयो ।
“नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।”
सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गर्नुभयो ।
सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“किसानले मत पाएका छैनन्, समयमा मल पाए मात्र उत्पादन बढाउन सक्छ, उत्पादन बढे मात्रै राष्ट्रिय उत्पादनमा वृद्धि हुनसक्छ”, उहाँले भन्नुभयो, “सरकारले मल ल्याउनुपर्यो कि किसानले ल्याएको मल सरकारले रोक्न हुँदैन ।” रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्