माधव नेपाल, प्रचण्ड, डा. भट्टराईसहित नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव
काठमाडौं। जनता समाजवादी पार्टीबाट हटाइएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेक छरिएका कम्युनिस्टको समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन्।
उच्च स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपालगायत स–साना कम्युनिस्ट पार्टीलाई छलफलमा ल्याएर नेकपा माओवादी केन्द्र र डा. भट्टराई पक्षको एउटा समाजवादी केन्द्रको प्रस्ताव अघि सारिएको हो।
प्रचण्ड र भट्टराईबीच बुधबार बिहान भेट भएको थियो। सो क्रममा गठबन्धनबाट डा. भट्टराई अलग नहुने धारणा मात्र प्रचण्डले सार्वजनिक गरेका थिए। स्रोतले भन्यो,‘छरिएर रहेका माओवादी एक हुनेगरीको प्रस्ताव भएको छ। यसमा नेकपा एकीकृत समाजवादी, बामदेव गौतमसम्मको सहभागीता रहन सक्ने कुरा पनि छ।’
तत्कालिन नेकपाको सचिवालयका बहुमत सदस्यबीच पनि बुधबार यहि विषयमा कुराकानी भएको थियो। सो छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठको सहभागीता रहेको थियो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #डा . बाबुराम भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्