सरकारको एक वर्ष समय बर्बादी मात्र भएको एमालेको टिप्पणी
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गठबन्धन सरकारको एक वर्ष समयको बर्बादी मात्र भएको टिप्पणी गरेको छ ।
एमालेले शुक्रबार पार्टी कार्यालय च्यासल, ललितपुरमा पत्रकार सम्मेलनमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारबारे धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।’
एमालेले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ ।
‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले, #वर्ष समय बर्बादी मात्र भएको एमालेको टिप्पणी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्