उपसभामुख प्रतिपक्षको हक हो : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताएका छन्।
उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताए।
‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उनले भने, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी सहमत हुन सक्दैनौं।’
उनले सैद्धान्तिक रुपमा प्रतिपक्षीको हक भएकाले सत्तापक्षका उम्मेदवारलाई समर्थन गर्न नसकिने जानकारी गराए। उपसभामुखमा सत्ता गठबन्धनले कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राजेन्द्र लिङ्देन, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्